४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिष्पर्धीलाई एनआरएनएको सम्मान

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका प्रतिष्पर्धीलाई एनआरएनएको सम्मान
अ+ अ-

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको विश्वस्तरीय प्रतिष्पर्धाका लागि इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकामार्फत नेपाल आउनुभएका नेपाली मुलका कलाकारलाई विशेष सम्मान गरेको छ ।

शुक्रवार, ९ अप्रील २०२३ मा संघको काठमाडौँस्थित सचिवालयमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मुलका २ सय जना कलाकारलाई सम्मान गरिएको हो । इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा नेपालसहित, भारत, थाइल्याण्ड, म्यानमार, अमेरिका, अष्ट्रेलिया, यूरोपेली विभिन्न मुलुक लगायतका नेपाली मुलका २ सय ४० प्रतिष्पर्धीहरु छन् ।

कार्यक्रममा संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले नेपाली कला, भाषा र संस्कृतिको संरक्षण,सम्बर्धन र प्रवर्धन गर्दैै विश्वभरका नेपाली जातिलाई संस्कृतिका माध्यमबाट जोड्ने अभियानमा नेतृत्वदायी योगदान गरेकोप्रति सम्मान प्रकट गर्दै मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भव्य सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्ने अभियानमा एनआरएनले लामो समयदेखि पहल गर्दै आएको अध्यक्ष केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै नेपाली जो जहाँ भएपनि सबैले नेपाललाई आमा भन्न पाउनुपर्छ, अझ दोस्रो पुस्ताले आफ्नो पुर्खाको भूमिलाई बिर्सनु हुन्न भनेर हामीले तपाईहरुलाई नेपालसँग जोड्न चाहेको छौँ, तपाई सबै जना अब नेपाली माटोसँग जोडिनुपर्छ ।”

संसारभरिबाट आउने नेपालीले मातृभूमि र पितृभूमि सम्झेर देशको समृद्धिमा जोडिनुपर्ने अध्यक्ष केसीको भनाई थियो । हरेक गैरआवासीय नेपालीलाई नागरिकताको सुनिश्चिताका लागि आफू प्रतिबद्ध रहेको अध्यक्ष केसीको भनाई थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष डिबी क्षेत्रीले दोस्रो पुस्ताका नेपालीलाई नेपालसँग जोड्न गैरआवासीय नेपालीले गरिरहेको पहलको जानकारी गराउँदै संघले फाउण्डेशनसँग सहकार्य गर्दै नेपाली भाषी र नेपाली मुलका सबैलाई नेपालसँग जोड्ने महान अभियान सुरु भएको बताउनुभयो ।

यस्तै, इन्ट्रा‐नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले गीत र संगीतका माध्यमबाट भाइचारासहितको नेपाली जातिय एकता सुरु गरेको र त्यसमा एनआरएनएको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो । थाइल्याण्ड, म्यानमार लगायतका देशमा रहेका नेपालीलाई पनि कानूनी आधारसहितको परिपत्र प्रदान गर्न गैरआवासीय नेपाली नीति संशोधनका लागि उहाँले आग्रह गर्नुभयो ।

सचिव गोविन्द प्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संघका उपाध्यक्ष दुर्गा आचार्य लगायत नेपालमा रहेका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।