३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद श्रेष्ठलक्षित ‘माग्ने बुढा’को कटाक्षः ‘यो दुनियाँ आखिर माग्ने नै रहेछ’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसबारे विभिन्न टिकाटिप्पणी भएका छन् ।

यसैबीच कलाकार केदाप्रसाद घिमिरे (माग्ने बुढा)ले पनि उक्त अडियोलाई लिएर कटाक्ष गरेका छन् । उनले फेसबुक पेजमा लेखेका छन्, ‘सबैले केही न केही मागेर छाड्छन् । यो दुनियाँ आखिर माग्ने नै रहेछ।’

यद्यपि, उनले अडियोबारे उल्लेख भने गरेका छैनन् । सांसदले पैसा मागेको अडियो सार्वनजिक भएकै दिन उनको यसप्रकारको व्यंग्य आउनुले उनले यसैप्रति लक्षित गरेको बुझिन्छ ।