• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

ए डिभिजन लिगः मछिन्द्रले संकटालाई हरायो



काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत साविक विजेता मछिन्द्र फुटबल क्लबले दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दिउँसो सम्पन्न खेलमा मछिन्द्रले संकटा क्लबलाई २–१ गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्ति मगर र आफिज ओलावालेले एक–एक गोल गरे ।

यस्तै, संकटाका मनिष डाँगीले एक गोल फर्काए । खेलको २० औं मिनेटमा विमलको गोलबाट मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो । तर, त्यसको दुई मिनेटपछि नै अर्थात् २२ औं मिनेटमा मनिषले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, खेलको ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई २-१ को स्थितीमा लगे । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

जितसँगै ७ खेलमा ९ अंक जोड्दै मछिन्द्र सातौं स्थानमा उक्लिएको छ । दोस्रो हार ब्यहोरेको संकटा ९ अंकका साथ आठौं स्थानमा रहेको छ ।