२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज दुई खेलः गुजरात र कोलकाता तथा हैदरावाद र पञ्जाव भिड्दै



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आईतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेल गुजरात टाइटन्स (जीटी) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच अहमदाबादमा हुनेछ । खेल नरेन्द्र मोदी रंगशालामा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेल सनराइजर्स हैदरावाद (एसआरएच) र पञ्जाव किंग्स (पिबीकेएस)बीच प्रतिस्पर्धा हुँदैछ । हैदरावाद र पञ्जावबीचको खेल हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

गुजरात र कोलकाता
यो सिजन गुजरात टाइटन्सको तेस्रो खेल हुनेछ । टोलीले सुरुवाती दुवै खेल जितेको थियो । टाइटन्सले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको हो । दुवै खेल गुजरातले लक्ष्य पछ्याएर जितेको थियो ।

कोलकाताविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा राशिद खान, डेभिड मिलर, जेसुवा लिटिल र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक हार्दिक पाण्ड्या, शुभमन गिल र राहुल तेवाटियाले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

अर्कोतर्फ कोलकाता नाइट राइडर्सको पनि जारी सिजनमा यो तेस्रो खेल हो । टोलीले एक खेलमा हार र अर्को खेल जितको नतिजा निकालेको छ । पहिलो खेलमा पञ्जावसँग केकेआर ७ रनले पराजित भएको थियो । दोस्रो खेलमा उसले बैंगलोरलाई ८१ रनले पराजित गर्यो ।

गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा रहमानउल्लाह गुरबाज, आन्द्रे रसेल, सुनिल नारायण र टिम साउथी हुन सक्छन् । यिनीहरू बाहेक नितिश राणा, रिंकु सिंह र वरुण चक्रवर्तीले पनि टोलीलाई बलियो बनाइरहेका छन् । योसँगै जेसन रोय पनि कोलकाता क्याम्पमा सामेल भएका छन् ।

दुबै टिमका सम्भावित सुरुवाती–११
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), साई सुदर्शन, राहुल तेवाटिया, डेभिड मिलर, मोहम्मद शमी, राशिद खान, जेशुआ लिटल, यश दयाल र अल्जारी जोसेफ ।

कोलकाता नाइट राइडर्सः नितिश राना (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), भेंकटेश अय्यर, मनदीप सिंह, रिंकु सिंह, आन्द्रे रसेल, शार्दुल ठाकुर, सुनील नारायण, टिम साउथी, उमेश यादव र वरुण चक्रवर्ती ।

पञ्जाव र हैदराबाद
प्रतियोगितामा हैदरावादले अहिलेसम्म दुवै खेलमा हार बेहोरेको छ भने पञ्जाबले दुवै खेल जितेको छ ।

शिखर धवनको कप्तानीमा रहेको पञ्जाब किंग्सले प्रतियोगितामा पहिलो २ खेल जितेर सबैलाई चकित बनाएको छ । कोलकाता नाइट राइडर्सलाई ७ रनले पराजित गरेपछि टोलीले रोमाञ्चक भिडन्तमा राजस्थान रोयल्सलाई ५ रनले पराजित गरेको हो ।

हैदरावादविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा म्याथ्यु शर्ट, कागिसो रबाडा, साम करन र नाथन एलिस हुन सक्छन् । यी बाहेक कप्तान शिखर धवन, प्रभसिमरन सिंह र राहुल चाहरले पनि टोलीलाई बलियो बनाइरहेका छन् । भानुका राजपाक्षे चोटका कारण खेल गुमाउन सक्नेछन्, यस्तो अवस्थामा शर्टले मौका पाउनेछन् । रबाडा पुनरागमन गर्दैछन्, उनले सिकन्दर रजाको स्थान लिन सक्छन् ।

स्टार खेलाडीले सजिएको सनराइजर्स हैदरावाद प्रतियोगिताका २ खेलमा लज्जास्पद हार बेहोरेको छ । पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनको हार व्यहोरेको टोली लखनउ सुपरजाइन्ट्ससँग ५ विकेटले पराजित भएको थियो । अहिलेसम्म कुनै पनि खेलाडीले टोलीका लागि विशेष केही गर्न सकेका छैनन् ।

घरेलु खेलमा टोलीका ४ विदेशी खेलाडीमा ह्यारी ब्रुक, एडेन मार्कराम, आदिल राशिद र फजलहक फारुकी हुन सक्छन् । यी बाहेक मयंक अग्रवाल, वासिङ्टन सुन्दर, अब्दुल समद र भुवनेश्वर कुमारले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

दुबै टिमका सम्भावित सुरुवाती–११
सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), मयंक अग्रवाल, अनमोलप्रीत सिंह (विकेटकिपर), राहुल त्रिपाठी, ह्यारी ब्रुक, वाशिंगटन सुन्दर, फजलहक फारुकी, भुवनेश्वर कुमार, थांगारासु नटराजन, उमरान मलिक, आदिल रशिद ।

पञ्जाब किंग्सः शिखर धवन (कप्तान), प्रभसिमरन सिंह, म्याथ्यू शर्टरभानुका राजपाक्षे, जितेश शर्मा (विकेटकीपर), सिकन्दर रजा, साम करण, शाहरुख खान, नाथन एलिसरकागिसो रबाडा, हरप्रीत ब्रार, राहुल चाहर र अर्शदीप सिंह ।

अंकतालिकाः