५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखराजलाई भेटेपछि प्रधानमन्त्रीले भन्नुभयो– यो घरसँग मेरो ४० वर्षको सम्बन्ध छ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी जानुभएका प्रधानमन्त्री गोदावारी नगरपालिका–१ अत्तरियास्थित भट्ट निवास पुग्नुभएको हो ।

भट्टको घरबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले भट्ट निवाससँग आफ्नो ४० बर्ष लामो सम्बन्ध रहेको बताउनुभयो । ‘यो घर मेरो पनि हो । यहाँ मेरो एउटा कोठा छ । सधैँ आएर बस्ने खाने, यो घरसँग मेरो ४० वर्षसँगको सम्बन्ध छ । सामान्य विषयमा कुराकानी हुने नै भयो । अरु त्यस्तो कुनै एजेण्डामा कुराकानी भएन।’, प्रधानमन्त्रीले भन्नुभयो ।

पूर्वमाओवादी धारका नेता भट्ट नेकपा विभाजनपछि एमालेमा बस्नुभएको थियो । उहाँले पनि प्रधानमन्त्री प्रचण्डसँग आफ्नो पारिवारिक सम्बन्ध भएको बताउनुभयो ।