• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो



काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एशियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट हुन असफल भएको हो । यस जितसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ । फिफा वरियताको ३३ औं स्थानमा रहेको बलियो भियतनामसँग पहिलो खेलमा ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा पनि स्तब्ध हुन पुगेको हो । घरेलु मैदानमा आयोजना भएको खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो ।

शुरुवात १० मिनेटमा नै २ गोलले पछि परेको नेपालले पहिलो हाफको अन्त्यतिर केही राम्रो प्रदर्शन गर्दैै खेलमा फर्किने संकेत देखाएपनि असफल रह्यो । पहिलो हाफमा २–० को अग्रता लिने क्रममा भियतनामकी फाम हायी यनले गरेकी हुन् । खेलको छैठौं मिनेटमा यनको गोलमार्फत भियतनामले अग्रता लिएको थियो । नेपाली टोलीको रक्षा पंक्तिले किलियर गर्न नसकेको बललाई यनले जाली चुमाउन सफल भएकी थिइन् । त्यसको एक मिनेटपछि नै यनले टोलीको अग्रता दोब्बर बनाइन् ।

ट्रान थि ठु थाओको क्रसमा तीन नेपाली रक्षहरुकोको बीचबाट आकर्षक शैलिमा बललाई नियन्त्रणमा राख्दै उत्कृष्ट गोल गरिन् । २३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीको प्रहार भियतनामकी गोलरक्षक खोंग थि हांगले जोगाइन् । ३९ औं मिनेटमा सावित्रा वान भर्सेस वान अवस्थामा चुकिन् ।
पहिलो हाफमा २–० ले पछि परेको नेपालले खेलमा फर्किन निकै संघर्ष गरे पनि अन्तर घटाउन असफल रह्यो । घरेलु टोलीबिरुद्ध सहज जित निकालेको भियतनाम लागातारको सफलतापछि दोस्रो चरणमा प्रवेश गरेको छ ।