२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेमगन्ज’ वैशाख १ गतेबाट रिलिज



अ+ अ-

काठमाडौं । हल रिलिजको समयमा दर्शक तथा समीक्षकबाट प्रशस्त तारिफ पाएको ‘प्रेमगन्ज’ले ओटीटी रिलिज गर्ने भएको छ ।

सिनेमाघर एपमा सार्वजनिक हुन लागेको फिल्मले आउँदो नयाँ वर्ष अथात् वैशाख १ गतेबाट ओटीटी यात्रा सुरु गर्नेछ । पूर्वसन्ध्यामा खेलौना बोलको गीत रिलिज गर्दै निर्माण टिमले हलमा छुटेका दर्शकलाई लक्षित गरी फिल्म सार्वजनिक गर्न लागेको जानकारी गराएको हो ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मले हेर्न जति दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । समीक्षकले पनि फिल्मको निर्देशन तथा कलाकारको अभिनयको उच्च तािरफ गरेका थिए ।

प्रेमकथा श्रेणीको फिल्ममा तेज गिरी र बेनिशा हमालको अभिनय रहेको छ । दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन्।