४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आईपीएलमा आज दुई खेलः राजस्थान र दिल्ली तथा मुम्बई र चेन्नई भिड्दै

आईपीएलमा आज दुई खेलः राजस्थान र दिल्ली तथा मुम्बई र चेन्नई भिड्दै
अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज शनिबार दुई खेल हुँदैछ । दिउँसो ३ः४५ बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै साँझ ७ः४५ बजे मुम्बई एन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिष्ठित भिडन्त हुँदैछ ।

दिल्ली र राजस्थान
यो सिजन दिल्ली क्यापिटल्सको तेस्रो खेल हुनेछ । टोलीले सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । तसर्थ दिल्ली सिजनको पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दिल्ली लखनउ सुपरजायन्ट्ससँग ५० रनले पराजित भएको थियो भने दोस्रो खेलमा गुजरात टाइटन्स ६ विकेटले पराजित भएको थियो ।

राजस्थानविरुद्धको टोलीका दिल्लीबाट ४ विदेशी खेलाडी डेभिड वार्नर, रोभम्यान पावेल, रिले रुसो र एनरिच नोर्त्या हुन सक्छन् । यिनीहरु बाहेक अक्षर पटेल, कुलदीप यादव र खलील अहमदले पनि टोलीलाई बलियो बनाइरहेका छन् । मिचेल मार्स आफ्नो बिहेका लागि अष्ट्रेलिया गएका छन्, उनी करिब एक सातापछि फेरि टिममा आउनेछन् । यस्तो अवस्थामा उनले आजको खेल खेल्ने छैनन् ।

यो सिजन राजस्थान रोयल्सको तेस्रो खेल हुनेछ । टोलीले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । उसले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ७२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा पञ्जाब किंग्ससँग ५ रनले पराजित भएको थियो ।

दिल्लीविरुद्धको टोलीका ४ विदेशी खेलाडी जो रुट, शिमरोन हेटमायर, जेसन होल्डर र ट्रेन्ट बोल्ट हुन सक्छन् । यसबाहेक कप्तान सञ्जु सैमसन, रविचन्द्रन आश्विन र यशस्वी जैसवालले पनि टोलीलाई बलियो बनाइरहेका छन् । मिडिया रिपोर्टका अनुसार जोस बटलर चोटका कारण करिब एक सातासम्म कुनै खेल खेल्न सक्ने छैनन् ।

अहिलेसम्म दुवै टोलीबीच बराबरी खेल भएको छ । दिल्ली र राजस्थानबीच हालसम्म २६ खेल भइसकेका छन् । जसमा दुवैले १३–१३ पटक जितेका थिए ।

मुम्बई र चेन्नई
यो सिजन चेन्नई सुपर किंग्सको तेस्रो खेल हुनेछ । टोलीले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको चेन्नईले दोस्रो खेलमा लखनउलाई हराएको थियो ।

डेभन कोनवे, बेन स्टोक्स, मोइन अली, सिसान्डा मगला र ड्वेन प्रिटोरियस मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा पर्न सक्छन् । यी बाहेक कप्तान महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड र रविन्द्र जडेजाले पनि टोलीलाई बल दिइरहेका छन् ।

अर्कोतर्फ यो सिजन मुम्बई इन्डियन्सको दोस्रो खेल हुनेछ । मुम्बई सिजनको पहिलो जितको खोजीमा छ । पहिलो खेलमा बेंगलोरसँग पराजित भएको थियो ।

चेन्नई विरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरन ग्रीन, टिम डेभिड, जेसन बेहरेन्डर्फ र जोफ्रा आर्चर हुन सक्छन् । यी बाहेक रोहित शर्मा, सूर्यकुमार यादव र तिलक वर्माले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

यी दुई टोलीहरू आईपीएलमा सर्वाधिक सफल टिम हुन् । मुम्बई पाँच पटक र चेन्नई चार पटक च्याम्पियन बनेको छ । प्रतियोगितामा यी दुईबीच अहिलेसम्म सबैभन्दा बढी ३४ खेल खेलिएका छन् । जसमा मुम्बईले २० पटक र चेन्नईले १४ पटक जितेको छ ।