• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ

आईपीएलमा आज दुई खेलः राजस्थान र दिल्ली तथा मुम्बई र चेन्नई भिड्दै



एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज शनिबार दुई खेल हुँदैछ । दिउँसो ३ः४५ बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै साँझ ७ः४५ बजे मुम्बई एन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिष्ठित भिडन्त हुँदैछ ।

दिल्ली र राजस्थान
यो सिजन दिल्ली क्यापिटल्सको तेस्रो खेल हुनेछ । टोलीले सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । तसर्थ दिल्ली सिजनको पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दिल्ली लखनउ सुपरजायन्ट्ससँग ५० रनले पराजित भएको थियो भने दोस्रो खेलमा गुजरात टाइटन्स ६ विकेटले पराजित भएको थियो ।

राजस्थानविरुद्धको टोलीका दिल्लीबाट ४ विदेशी खेलाडी डेभिड वार्नर, रोभम्यान पावेल, रिले रुसो र एनरिच नोर्त्या हुन सक्छन् । यिनीहरु बाहेक अक्षर पटेल, कुलदीप यादव र खलील अहमदले पनि टोलीलाई बलियो बनाइरहेका छन् । मिचेल मार्स आफ्नो बिहेका लागि अष्ट्रेलिया गएका छन्, उनी करिब एक सातापछि फेरि टिममा आउनेछन् । यस्तो अवस्थामा उनले आजको खेल खेल्ने छैनन् ।

यो सिजन राजस्थान रोयल्सको तेस्रो खेल हुनेछ । टोलीले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । उसले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ७२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा पञ्जाब किंग्ससँग ५ रनले पराजित भएको थियो ।

दिल्लीविरुद्धको टोलीका ४ विदेशी खेलाडी जो रुट, शिमरोन हेटमायर, जेसन होल्डर र ट्रेन्ट बोल्ट हुन सक्छन् । यसबाहेक कप्तान सञ्जु सैमसन, रविचन्द्रन आश्विन र यशस्वी जैसवालले पनि टोलीलाई बलियो बनाइरहेका छन् । मिडिया रिपोर्टका अनुसार जोस बटलर चोटका कारण करिब एक सातासम्म कुनै खेल खेल्न सक्ने छैनन् ।

अहिलेसम्म दुवै टोलीबीच बराबरी खेल भएको छ । दिल्ली र राजस्थानबीच हालसम्म २६ खेल भइसकेका छन् । जसमा दुवैले १३–१३ पटक जितेका थिए ।

मुम्बई र चेन्नई
यो सिजन चेन्नई सुपर किंग्सको तेस्रो खेल हुनेछ । टोलीले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको चेन्नईले दोस्रो खेलमा लखनउलाई हराएको थियो ।

डेभन कोनवे, बेन स्टोक्स, मोइन अली, सिसान्डा मगला र ड्वेन प्रिटोरियस मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा पर्न सक्छन् । यी बाहेक कप्तान महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड र रविन्द्र जडेजाले पनि टोलीलाई बल दिइरहेका छन् ।

अर्कोतर्फ यो सिजन मुम्बई इन्डियन्सको दोस्रो खेल हुनेछ । मुम्बई सिजनको पहिलो जितको खोजीमा छ । पहिलो खेलमा बेंगलोरसँग पराजित भएको थियो ।

चेन्नई विरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरन ग्रीन, टिम डेभिड, जेसन बेहरेन्डर्फ र जोफ्रा आर्चर हुन सक्छन् । यी बाहेक रोहित शर्मा, सूर्यकुमार यादव र तिलक वर्माले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

यी दुई टोलीहरू आईपीएलमा सर्वाधिक सफल टिम हुन् । मुम्बई पाँच पटक र चेन्नई चार पटक च्याम्पियन बनेको छ । प्रतियोगितामा यी दुईबीच अहिलेसम्म सबैभन्दा बढी ३४ खेल खेलिएका छन् । जसमा मुम्बईले २० पटक र चेन्नईले १४ पटक जितेको छ ।