• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

फ्रेण्ड्स क्लबलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो



काठमाडौँ । ललितपुरे टोली फ्रेण्ड्स क्लबमाथि २–० को जित निकाल्दै मनाङ मस्र्याङ्दी फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल मैदानमा शुक्रवार सम्पन्न खेलमा मनाङले फ्रेण्ड्स क्लवलाई २–० गोल अन्तरले पछि पारेसँगै समान अंक भएको जावलाखेललाई अंक तालिकामा गोल अन्तरले पछि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । रोमाञ्चक बनेको खेलमा मनाङलाई स्पष्ट अंक दिलाउन विदेशी खेलाडी कोफी टिमोथी कुदोले गरेका दुई गोल पर्याप्त बने ।

फ्रेण्ड्सबिरुद्ध शुरुवातबाट नै आक्रामक खेल देखाएको मनाङले पहिलो हाफ र दोस्रो हाफमा एक गोल गरेको थियो । यस्तै फ्रेण्ड्सले पछि परेको अवस्थामा खेलमा फर्किन प्रयास गरेपनि असफल भएको थियो । खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलासँगै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।

यस जितसँगै मनाङको अपराजित यात्रा कायमै रहेको छ । मनाङले छैठौं खेल खेल्दा चार जित र दुई बराबरी खेलेको छ । मनाङले ६ खेलमा १४ अंक जोडेको छ । उता अंक सुम्पिएको फ्रेण्ड्स ४ अंक जोडेर १२ औं स्थानमा छ ।

लिग अन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा जावलाखेल युथ क्लव र खुमलटार युथ क्लवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । अंक बुटल्ने सोचका साथ मैदान उत्रिएका दुवै टोलीले शुरुवातबाट नै आक्रामक खेलेका थिए । सो क्रममा ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई शुरुवाती अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि नै अभिषेक लिम्बूले गोल गर्दै खुमलटारलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफमा दुवै तर्फबाट थप गोल हुन सकेन । ६३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २–१ को अग्रता बनाउन सफल भयो ।

तर खुमलटारको अग्रता धेरै समय टिकेन । ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–२ गोलको बराबरीमा ल्याएपछि दवबै टोलीबाट थप गोल हुन सकेन र दुवैले १÷१ अंक बनाए । यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ । जावलाखेल दोस्रो स्थानमा झरेको छ । यस्तै खुमलटार ७ खेलमा ७ अंक जोडेर नवौं स्थानमा छ ।