१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’को टिजर सार्वजनिक, जेलबाट भागेर कहाँ पुगे पुष्पा ?



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय सुपरहिट फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पाः द रुल’को टिजर सार्वजनिक भएको छ ।

तीन मिनेट १४ सेकेण्ड लामो यो इन्ट्रो टिजरमा स्टार अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा प्रस्तुत गरिएको छ । उनलाई जंगलमा एक बाघसँग जम्काभेट भएको रुपमा देखाइएको छ ।

सन् २०२१ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर बक्स अफिसमा ३३२ करोड कमाएको थियो । यस फिल्ममा चन्दनको व्यवसायलाई नजिकबाट नियालेपछि पुष्पा नामका मजदुरको जीवन पूर्णरुपमा परिवर्तन हुन्छ ।

फिल्मको स्टोरी लाइनका अलावा अल्लु अर्जुनको व्यक्तित्व, चरित्र र फिल्मका गीतहरू पनि निकै चर्चामा आएका थिए ।

फिल्मको सिक्वेल ‘पुष्पाः द रुल’का लेखक निर्देशक सुकुमार हुन् । फिल्ममा रश्मिका, अल्लु अर्जुन र फहदसँगै जगदीश प्रताप भण्डारी, सुनील र राव रमेश पनि देखिनेछन् ।