७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार अमेरिकी डलरसहित अन्य सबै देशको विनिमयदर बढ्यो, कुनको कति ?



अ+ अ-

काठमाडौं । आज अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ८७  पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ८७ पैसा तोकिएको छ।  

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ । 

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ३४ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ ६९ पैसा तोकिएको छ।

त्यस्तै एक युरोको खरिददर १ सय ३९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४० रुपैयाँ ५४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५०  पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७९ पैसा तोकिएको छ । 

\