२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाले उपेन्द्र यादवलाई जिताउन कमाण्डर खटायो



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी कमाण्डर खटाएको छ । वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनमा भने यादवलाई सघाउन चुनावी कमाण्डर खटाएको हो ।

यसअघि मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा यादवलाई हराउन भूमिका खेलेको लोसपाले यसपटक भने पार्टीका मधेशप्रदेश अध्यक्ष जितेन्द्र सोनललाई सो क्षेत्रका लागि चुनावी कमाण्डरको रुपमा खटाएको छ ।

आम निर्वाचनमा सप्तरी–२ मा यादवलाई हराउनका लागि तत्कालीन पाँच दलीय गठबन्धनले जेपी ठाकुरलाई उम्मेदवारी दिन लगाएको थियो । सो निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका थिए । अहिले भने लोसपाले बारामा हुने उपनिर्वाचनमा उम्मेदवार बनेका अध्यक्ष यादवलाई जिताउन कमाण्डर नै खटाएको हो । सो क्षेत्रमा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार बनेका छन् ।

बारा–२ मा लोसपाका नेता राजेन्द्र महतोले पनि उम्मेदवारी दिने इच्छा देखाएका थिए तर अध्यक्ष ठाकुर उनलाई रोकेर उपेन्द्र यादवलाई सघाउन अघि सरेका हुन् ।