९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाले उपेन्द्र यादवलाई जिताउन कमाण्डर खटायो



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन चुनावी कमाण्डर खटाएको छ । वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनमा भने यादवलाई सघाउन चुनावी कमाण्डर खटाएको हो ।

यसअघि मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा यादवलाई हराउन भूमिका खेलेको लोसपाले यसपटक भने पार्टीका मधेशप्रदेश अध्यक्ष जितेन्द्र सोनललाई सो क्षेत्रका लागि चुनावी कमाण्डरको रुपमा खटाएको छ ।

आम निर्वाचनमा सप्तरी–२ मा यादवलाई हराउनका लागि तत्कालीन पाँच दलीय गठबन्धनले जेपी ठाकुरलाई उम्मेदवारी दिन लगाएको थियो । सो निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका थिए । अहिले भने लोसपाले बारामा हुने उपनिर्वाचनमा उम्मेदवार बनेका अध्यक्ष यादवलाई जिताउन कमाण्डर नै खटाएको हो । सो क्षेत्रमा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार बनेका छन् ।

बारा–२ मा लोसपाका नेता राजेन्द्र महतोले पनि उम्मेदवारी दिने इच्छा देखाएका थिए तर अध्यक्ष ठाकुर उनलाई रोकेर उपेन्द्र यादवलाई सघाउन अघि सरेका हुन् ।