५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालिन न्यायलाई फाष्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्छ: सांसद पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको बैठककमा विशेष समयमा बोल्दै सांसद पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताउनुभएको हो ।

उहाँले उहाँले संक्रमणकालिन न्यायको विषय अहिले सबैभन्दा पेचिलो बनेको उल्लेख गर्दै जनताको आन्दोलनबाट स्थापित मूल्य र मान्यताहरुलाई संस्थागत रुपमा टुंग्याउनु सबैको कर्तव्य भएको बताउनु भयो । उहाँले संक्रमणकालिन न्यायको सम्बन्धमा विमति जनाउने सांसदहरुलाई आफू बसेको कुर्सिमा लोकतान्त्रिक प्रणाली ल्याउन लडेका योद्धाहरुको रगतको टाटो छ कि भनेर हेर्न अनुरोध समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संक्रमणकालिन न्याय आज हामी सबैको निम्ति सबैभन्दा पेचिलो विषय बनेको छ । यो इतिहासको खास कालखण्डमा नेपाली जनताले गरेको आन्दोलनबाट स्थापित भएका मूल्य, मान्यताहरुको जगमा हामी अगाडी बढेका छौँ । र त्यो मुल्य, मान्यतालाई संस्थागत रुपमा टुंग्याउनु आजको हामी सबैको साझा कर्तव्य हो । केही माननीयहरुले यसप्रति विमत्ति प्रकट गरेको पनि हामीले सुन्ने गरेका छौँ ।

माननीय सदस्यहरुलाई मेरो अनुरोध छ कतै तपाई बस्नुभएको कुर्सिमा प्रेस स्वतन्त्रताको निम्ति, मानव अधिकारको निम्ति, लोकतान्त्रिक प्रणाली ल्याउनको निम्ति र वाक स्वतन्त्रताको निम्ति लडेका योद्धाहरुको रगत कतै टाटो बनेर बसेको हुनसक्छ । इतिहासप्रति सम्मान गर्न सिकौँ । र वर्तमानमा परेका यसप्रकारका समस्याहरु टुंग्याउनको निम्ति यो संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनको निम्ति सबै माननीय सदस्यहरुलाई सम्मानित सदनमा म विशेष अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले इतिहासप्रति सम्मान गर्न सिक्नुपर्ने बताउनु भयो ।