• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सांसद यादवको माग ★   २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधरणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ: महेश बर्तौला ★   विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री ★   बजुरामा नुन अभाव छैन: साल्ट ट्रेडिङ ★   झापामा चट्याङ लागेर दुईको मृत्यु ★   नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु ★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ? ★   प्रतिनिधिसभा बैठक : के छ आजको सम्भावित कार्यसूची ?

न्यूनतम साझा कार्यक्रममा रास्वपा असहमत



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको न्यूनतम साझा कार्यक्रममा असहमति व्यक्त गरेको छ । पार्टी महामन्त्री मुकुल ढकालले पहिले नेकपा (एमाले) सहितको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको धेरै विषय अहिले छुटाइएको भन्दै पार्टीले असहमति व्यक्त गरेको बताउनुभयो ।

शुक्रबार बिहान रास्वपाको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकालेको छ ।

“नयाँ नीति कार्यक्रम भ्रष्टाचार विरूद्ध नरम देखिएको छ”, सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री ढकालले भन्नुभयो, “बलात्कारजन्य घटनाको छिटो छिनोफानो , बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन् ।”

विदेशमा बस्ने नेपालीको मताधिकार, सरकारी सेवामा टाइमकार्ड, गुणस्तरीय रोजगारमुखी शिक्षाका लागि संघीय शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐन जस्ता आफूहरुको विषयले न्यूनतम साझा कार्यक्रममा निरन्तरता पाए पनि ती समग्रमा अमूर्त, लक्ष्यविहीन र आलटाले देखिएको उहाँको भनाइ थियो ।