२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली परीक्षार्थी राखेर एसइई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी



अ+ अ-

रौतहट । नक्कली परीक्षार्थी राखेर एसइई दिएको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेसँगै शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

कानुको सट्टामा एसइई दिँदै गरेको आरोपमा गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा सञ्चालन भइरहेको एसइईमा नियमिततर्फका परीक्षार्थी मेयरले आफ्नो सट्टामा कमललाई परीक्षा दिन लगाएको बताइएको छ ।

पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौँ तहमा कार्यरत स्थायी कर्मचारी हुन् । प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको साहले स्वीकार गरेका थिए ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर जाँच गर्दा साह पक्राउ परेका थिए । प्रहरीले मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथि अनुसन्धान गरिरहेको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।