९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले जवाफ दिनुपर्ने व्यवस्था गर्न माग



अ+ अ-

काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराउनु भयो । उपाध्यक्ष पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मुकदर्शक भएर बस्यो भने संसदको अर्थ नहुनेतर्फ पनि सचेत गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘संसद जनताको समस्या पोख्ने थलो हो यो । जनताको समस्याका बारेमा यहाँ हामी पोख्छौं । तर सरकार मुकदर्शक भएर बस्यो भने आम जनताको बीचमा त्यो संसदप्रति कस्तो धारणा बन्ला । त्यसैले सभामुख महोदय, म गम्भिरतापूर्वक अव आईन्दा हरेक दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–हरेक दिन एक जना मन्त्रीले आएर आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले यहाँ उठेका प्रश्नहरुको उत्तर दिने खालको परिस्थिति बनोस् । सभामुख महोदयले रुलिङ गरियोस् भन्ने माग गर्दछु ।’

सांसद पाण्डेले संसदप्रति सरकारलाई जवाफदेही बनाउन पनि मन्त्रीहरुले सांसदहरुले संसदमा उठाएको प्रश्नहरुको अनिवार्य जवाफ दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।