• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

आईपीएलः कोलकाताले बैंगलोरलाई ८१ रनले हरायो



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८१ रनको ठूलो अन्तरले पराजित गरेको छ ।

बिहीबार कोलकाताको इडेन गार्डेन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । जवाफमा आरसीबीले १७ दशमलव ४ ओभरमा १२३ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि पहिलो इनिङ्समा शार्दुल ठाकुरले २९ बलमा ६८ रनको इनिङ खेले । दोस्रो इनिङ्समा वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३ र सुनिल नारायणले २ विकेट लिएर आरसीबीलाई खुलेर खेल्न दिएनन् ।

पहिलो इनिङ्समा कोलकाता नाइट राइडर्सले ८९ रनमा ५ विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका शार्दुल ठाकुरले २९ बलमा ६८ रन बनाए । उनले रिंकु सिंहसँग १०३ रनको साझेदारी गर्दै टोलीलाई २०० भन्दा माथि पुर्याएका थिए ।

२०५ रनको लक्ष्य पछ्याएको आरसीबीले ४ ओभरमा ४२ रन बनायो । तर यहाँबाट वरुण चक्रवर्ती र सुनिल नारायणले मात्र १७ रनमा ५ ब्याट्सम्यानलाई आउट गरेका थिए । अन्तमा सुयश शर्माले ३ विकेट लिएर आरसीबीलाई ब्याकफुटमा पुर्याए ।

आरसीबीबाट कसैले ठूलो इनिङ खेल्न सकेनन् । ४४ रनको ओपनिङ पार्टनरशिप बाहेक खेलमा ठूलो साझेदारी हुन सकेन । टोलीले लगातार विकेट गुमायो र दोस्रो इनिङ्समा फर्कन सकेन ।

टस हारेर पहिले ब्याटिङ रोजेको कोलकातालाई रहमानउल्लाह गुरबाजले राम्रो सुरुवात दिलाए । तर चौथो ओभरमा डेभिड विलीले वेंकटेश अय्यर र मनदीप सिंहलाई बोल्ड आउट पारेर कोलकातालाई समस्यामा पारे । पावरप्लेको अन्तिम ओभरमा गुरबाजले ठूलो सट प्रहार गर्दै टोलीको स्कोर ६ ओभरमा ४७ रनमा पुर्याए ।

केकेआरका मनदीप सिंह आइपिएलमा १५ औं पटक शून्यमा बोल्ड भएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै पटक आउट हुने खेलाडीको सुचीमा उनी पहिलो नम्बरमा पुगेका छन् । यो सूचीमा दिनेश कार्तिक र रोहित शर्मा (१४–१४) दोस्रो स्थानमा छन् ।

रहमानउल्लाह गुरबाजले ३८ बलमा पहिलो अर्धशतक बनाए । उनले पावरप्लेमा ठूला शट खेले । त्यसपछि प्रारम्भिक विकेटको पतनपछि इनिङ्सलाई सम्हाल्दै आफ्नो अर्धशतक पूरा गरे । उनी ४४ बलमा ५७ रन बनाएर क्याच आउट भए । १२औं ओभरमा बैंगलोरका कर्ण शर्माले रहमानुल्लाह गुरबाजलाई क्याच आउट गरेका थिए । उनी ५७ रन बनाएर पेभिलियन फर्किए । त्यसपछिको बलमा आन्द्रे रसेल पनि क्याच आउट भए ।

कोलकाताले एक पटक ८९ रनको स्कोरमा ५ विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका शार्दुल ठाकुरले ठूला शट खेले । २० बलमा अर्धशतक पूरा गरेपछि उनले रिंकु सिंहसँग ४७ बलमा १०३ रनको साझेदारी गरे । रिंकु ४६ र शार्दुल ६८ रन बनाएर आउट भए ।

कोलकाताका बाँकी ब्याट्सम्यान वेंकटेश अय्यर ३, मनदीप सिंह ०, नितिश राना १ र आन्द्रे रसेल शून्य रनमा आउट भए । उमेश यादव (६) र सुनिल नारायण (०) मा अविजित रहे । बैंगलोरका कर्ण शर्मा र डेभिड विलीले २–२ विकेट लिए भने मोहम्मद सिराज र हर्षल पटेलले १–१ विकेट लिए ​​।

शार्दुल ठाकुरले २० बलमा अर्धशतक पूरा गरे । उनले माइकल ब्रेसवेलको ओभरमा लगातार दुई छक्का प्रहार गरे र १७ औं ओभरमा आफ्नो अर्धशतक पूरा गरे । यो आईपीएलको यो सिजनको सबैभन्दा छिटो अर्धशतक हो । उनले राजस्थान रोयल्सका जोस बटलरको बराबरी गरे । बटलरले हैदरावादविरुद्ध २० बलमा अर्धशतक पूरा गरेका थिए ।

२०५ रनको लक्ष्य पछ्याएको बैंगलोरले विराट कोहली र फाफ डु प्लेसिसको दमदार सुरुवात गरेको थियो । दुवैले ४ ओभरमा ४२ रन जोडे । त्यसपछि पाँचौं ओभरमा सुनिल नारायणले कोहलीलाई बोल्ड गरे । डु प्लेसिसलाई छैटौं ओभरमा वरुण चक्रवर्तीले बोल्ड गर्दै आरसीबीलाई समस्यामा पारे । सातौं ओभरमा कुनै विकेट खसेन, त्यसपछि आठौं ओभरमा वरुणले ग्लेन म्याक्सवेल र हर्षल पटेललाई बोल्ड गरे । ९ औं ओभरमा नरेनले शाहबाज अहमदलाई क्याच आउट गराए । यसरी आरसीबीले १७ रनभित्रै ५ विकेट गुमाएको थियो ।

आरसीबीका तर्फबाट विराट कोहली २१, फाफ डु प्लेसिस २३, माइकल ब्रेसवेल १९, ग्लेन म्याक्सवेल ५, हर्षल पटेल ०, शाहबाज अहमद १, दिनेश कार्तिक ९, अनुज रावत १ र कर्ण शर्मा १ आउट भए । कोलकाताका वरुण चक्रवर्तीले ४, सुयाश शर्माले ३, सुनील नारायणले २ तथा शार्दुल ठाकुरले १ विकेट लिए ।

आजको खेलः लखनउ सुपरजायन्ट्स भर्सेस सनराइजर्स हैदरावाद, साँझ ७ः४५ बजे