४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आईपीएलः कोलकाताले बैंगलोरलाई ८१ रनले हरायो

आईपीएलः कोलकाताले बैंगलोरलाई ८१ रनले हरायो
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८१ रनको ठूलो अन्तरले पराजित गरेको छ ।

बिहीबार कोलकाताको इडेन गार्डेन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन बनाएको थियो । जवाफमा आरसीबीले १७ दशमलव ४ ओभरमा १२३ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि पहिलो इनिङ्समा शार्दुल ठाकुरले २९ बलमा ६८ रनको इनिङ खेले । दोस्रो इनिङ्समा वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३ र सुनिल नारायणले २ विकेट लिएर आरसीबीलाई खुलेर खेल्न दिएनन् ।

पहिलो इनिङ्समा कोलकाता नाइट राइडर्सले ८९ रनमा ५ विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका शार्दुल ठाकुरले २९ बलमा ६८ रन बनाए । उनले रिंकु सिंहसँग १०३ रनको साझेदारी गर्दै टोलीलाई २०० भन्दा माथि पुर्याएका थिए ।

२०५ रनको लक्ष्य पछ्याएको आरसीबीले ४ ओभरमा ४२ रन बनायो । तर यहाँबाट वरुण चक्रवर्ती र सुनिल नारायणले मात्र १७ रनमा ५ ब्याट्सम्यानलाई आउट गरेका थिए । अन्तमा सुयश शर्माले ३ विकेट लिएर आरसीबीलाई ब्याकफुटमा पुर्याए ।

आरसीबीबाट कसैले ठूलो इनिङ खेल्न सकेनन् । ४४ रनको ओपनिङ पार्टनरशिप बाहेक खेलमा ठूलो साझेदारी हुन सकेन । टोलीले लगातार विकेट गुमायो र दोस्रो इनिङ्समा फर्कन सकेन ।

टस हारेर पहिले ब्याटिङ रोजेको कोलकातालाई रहमानउल्लाह गुरबाजले राम्रो सुरुवात दिलाए । तर चौथो ओभरमा डेभिड विलीले वेंकटेश अय्यर र मनदीप सिंहलाई बोल्ड आउट पारेर कोलकातालाई समस्यामा पारे । पावरप्लेको अन्तिम ओभरमा गुरबाजले ठूलो सट प्रहार गर्दै टोलीको स्कोर ६ ओभरमा ४७ रनमा पुर्याए ।

केकेआरका मनदीप सिंह आइपिएलमा १५ औं पटक शून्यमा बोल्ड भएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै पटक आउट हुने खेलाडीको सुचीमा उनी पहिलो नम्बरमा पुगेका छन् । यो सूचीमा दिनेश कार्तिक र रोहित शर्मा (१४–१४) दोस्रो स्थानमा छन् ।

रहमानउल्लाह गुरबाजले ३८ बलमा पहिलो अर्धशतक बनाए । उनले पावरप्लेमा ठूला शट खेले । त्यसपछि प्रारम्भिक विकेटको पतनपछि इनिङ्सलाई सम्हाल्दै आफ्नो अर्धशतक पूरा गरे । उनी ४४ बलमा ५७ रन बनाएर क्याच आउट भए । १२औं ओभरमा बैंगलोरका कर्ण शर्माले रहमानुल्लाह गुरबाजलाई क्याच आउट गरेका थिए । उनी ५७ रन बनाएर पेभिलियन फर्किए । त्यसपछिको बलमा आन्द्रे रसेल पनि क्याच आउट भए ।

कोलकाताले एक पटक ८९ रनको स्कोरमा ५ विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङमा आएका शार्दुल ठाकुरले ठूला शट खेले । २० बलमा अर्धशतक पूरा गरेपछि उनले रिंकु सिंहसँग ४७ बलमा १०३ रनको साझेदारी गरे । रिंकु ४६ र शार्दुल ६८ रन बनाएर आउट भए ।

कोलकाताका बाँकी ब्याट्सम्यान वेंकटेश अय्यर ३, मनदीप सिंह ०, नितिश राना १ र आन्द्रे रसेल शून्य रनमा आउट भए । उमेश यादव (६) र सुनिल नारायण (०) मा अविजित रहे । बैंगलोरका कर्ण शर्मा र डेभिड विलीले २–२ विकेट लिए भने मोहम्मद सिराज र हर्षल पटेलले १–१ विकेट लिए ​​।

शार्दुल ठाकुरले २० बलमा अर्धशतक पूरा गरे । उनले माइकल ब्रेसवेलको ओभरमा लगातार दुई छक्का प्रहार गरे र १७ औं ओभरमा आफ्नो अर्धशतक पूरा गरे । यो आईपीएलको यो सिजनको सबैभन्दा छिटो अर्धशतक हो । उनले राजस्थान रोयल्सका जोस बटलरको बराबरी गरे । बटलरले हैदरावादविरुद्ध २० बलमा अर्धशतक पूरा गरेका थिए ।

२०५ रनको लक्ष्य पछ्याएको बैंगलोरले विराट कोहली र फाफ डु प्लेसिसको दमदार सुरुवात गरेको थियो । दुवैले ४ ओभरमा ४२ रन जोडे । त्यसपछि पाँचौं ओभरमा सुनिल नारायणले कोहलीलाई बोल्ड गरे । डु प्लेसिसलाई छैटौं ओभरमा वरुण चक्रवर्तीले बोल्ड गर्दै आरसीबीलाई समस्यामा पारे । सातौं ओभरमा कुनै विकेट खसेन, त्यसपछि आठौं ओभरमा वरुणले ग्लेन म्याक्सवेल र हर्षल पटेललाई बोल्ड गरे । ९ औं ओभरमा नरेनले शाहबाज अहमदलाई क्याच आउट गराए । यसरी आरसीबीले १७ रनभित्रै ५ विकेट गुमाएको थियो ।

आरसीबीका तर्फबाट विराट कोहली २१, फाफ डु प्लेसिस २३, माइकल ब्रेसवेल १९, ग्लेन म्याक्सवेल ५, हर्षल पटेल ०, शाहबाज अहमद १, दिनेश कार्तिक ९, अनुज रावत १ र कर्ण शर्मा १ आउट भए । कोलकाताका वरुण चक्रवर्तीले ४, सुयाश शर्माले ३, सुनील नारायणले २ तथा शार्दुल ठाकुरले १ विकेट लिए ।

आजको खेलः लखनउ सुपरजायन्ट्स भर्सेस सनराइजर्स हैदरावाद, साँझ ७ः४५ बजे