९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक: दुई विधेयक टेबुल



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०७८ साउन/ २०७९ आसार) पेस गर्नुभयो ।

यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २४ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।