५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपननिर्वाचनमा आचारसंहीता उल्लंघन गर्ने कसैलाई आयोगले छोड्दैन: निर्वाचन आयुक्त भण्डारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहीता लागू हुने भएको छ ।

वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत्र २४ गतेबाट आचारसंहीता लागू हुने निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार निर्वाचन आयोग र निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरुमा लागू हुनेगरी उपनर्विाचन प्रयोजनार्थ आचारसंहीता लागू हुने बताउनु भयो । उहाँले आचारसंहीता उल्लंघन भए उल्लंघन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रवारबाट आचारसंहीता लागू हुने बताउनु भयो । कतिपय आचारसंहीताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुनेपनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ । त्यो निर्वाचनमा हामीले आचारसंहीता लागू गर्नुपर्छ । आचारसंहीता लागू गर्ने प्रयोजनका लागि आज अर्थात मिति २०७९/१२/२३ गते निर्वाचन आयोगको पनि बैठक बसेको छ । निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको पनि बैठक बसेको छ ।

चैत्र २४ गतेबाट आचारसंहीता लागू गर्नेगरी निर्णय गरेको छ । यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रयोजनका लागि यदी आचारसंहीता उल्लंघन भएमा त्यसलाई कारबाही गर्ने, कारबाहीको विषय बनाउने विषयवस्तुसमेतलाई समेट्ने प्रयोजनको लागि केन्द्रिय आचारसंहीता अनुगमन समितिको बैठक बस्यो र यो बैठकले यसका सबै सरोकारवाला पक्षहरु सबैलाई आचारसंहीता लागू हुन्छ, तत् निर्वाचन क्षेत्रमा मात्रै नभइ बारा, चितवन र तनहुँ यी तीन वटै जिल्लाभर आचारसंहीता लागू हुन्छ ।

कतिपय आचारसंहीताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुन्छ । त्यसैले सबैलाई समेटेर आचारसंहीता लागू गर्दै त्यो आचारसंहीतालाई कडाईकासाथ कार्यान्वयन गर्ने प्रयोजनका लागि हामीले विभिन्न योजना तर्जुमा गरेका छौँ । कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निकायहरुलाई कडाईका साथ परिपालना गर्न निर्देशन गरेका छौँ । विगतका निर्वाचनबाट पनि हामीलाई आचारसंहीता कार्यान्वयन गर्ने अनुभव छ, उपनिर्वाचनमा पनि राम्रोसँग आचारसंहीता कार्यान्वयन गर्छौं । यदी कसैले उल्लंघन गर्छ भने उल्लंघन कर्ता सजायको भागिदार हुनेछ । कसैबाट पनि आचारसंहीता उल्लंघन हुनेछैन ।’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहीता कडाईकासाथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिइसकेको बताउनु भयो । उहाँले विगतका निर्वाचनको अनुभव रहेकाले उपनिर्वाचनमा राम्रोसँग आचारसंहीता कार्यान्वयन गराउने पक्षमा आयोग रहेको स्पष्ट पार्नुभयो । उहाँले आचारसंहीता उल्लंघनको अपेक्षा आयोगले नराखेको र निर्वाचन आचारसंहीता उल्लंघन भए उल्लंघन कर्ता सजायको भागिदार हुने बताउनु भयो ।