४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विदेशबाट अंगभंग भएर फर्किएका नागरिकलाई सरकारले केही सहयोग गरेन: सांसद सिंह

विदेशबाट अंगभंग भएर फर्किएका नागरिकलाई सरकारले केही सहयोग गरेन: सांसद सिंह
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सरकारले विदेबाट बाकसमा शव फर्किएका नेपालीहरुका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले विदेशमा रहेका नेपालीहरुले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने दाबी गर्नुभयो । उहाँले सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि कुनै काम गर्न नसकेको प्रति दु:ख व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विदेश गएका हाम्रा युवाहरुले पठाएको पैसाबाट देश चलेको छ, उनीहरुले पैसा नपठाउने हो भने हाम्रो देश श्रीलंका र पाकिस्तान भन्दा पहिला नै असफल मुलुक भइसक्थ्यो । उनीहरुल हरेक दिन अंगभंग भएर फर्किएका छन्, बाकसमा फर्किएका छन् । उनीहरुको लागि सरकारले के सोचेको छ ? आज यो देशलाई श्रीलंका हुनबाट बचाउने नेताहरु होइनन्, विदेशमा भएका नेपालीहरु हुन् ।’

‘तर उनीहरुको सुरक्षाका लागि सरकारले के गरेको छ ? आज यही सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न थालेको छ, त्यो पैसा करौडौं रुपैयाँ जो बाकसमा आएका छन्, अंगभंग भएका छन् उनीहरुका परिवारलाई दिनुपर्छ । बाँड्यो भने यो सरकारको सधैँ जयजयकार हुनेछ ।’

सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गर्नुभयो । उहाँले अब जनताले विकल्प खोज्ने बेला भइसकेको बताउनु भयो ।