९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

संसद्को १०० दिनको पनि समीक्षा गर्नुपर्छ: माओवादी सांसद दाहाल

संसद्को १०० दिनको पनि समीक्षा गर्नुपर्छ: माओवादी सांसद दाहाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद्को १०० दिनको समीक्षा गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले सदनमा सरकारको सय दिनको समीक्षा भए पनि संसद्को समय दिनको समीक्षा हुन नसकेको बताउनुभयो ।

सांसदहरु संसद् भवनमा पसेको सय दिन भएको भन्दै उहाँले यसको पनि समीक्षा हुनुपर्ने बताउनुभयो ।
सरकार निर्माण भएको सय दिनको समीक्षा सदनमा भइरहेको उल्लेख गर्दै सांसद दाहालले भन्नुभयो, “सरकारको समीक्षा गर्दा माननीयज्यूहरुलाई मेरो आग्रह छ, पुरानो जगमा उभिएर नयाँ वस्तु देख्न सकिन्न । हामीले अब सत्यको जगमा उभिएर आलोचना र टिप्पणी गर्नुपर्छ ।”

सय दिनमा सरकारले सकारात्मक सन्देश दिएको उहाँको भनाइ थियो । “पासपोर्टको लाइन बस्नुपर्ने युवाहरुलाई गएर सोध्न सक्नुहुन्छ । वैदेशिक रोजगारमा गएका युवाहरु सामाजिक सुरक्षामा जोडिएका छन् । साना साना कुराहरु जनताको दैनिकी समस्याहरु समाधानमा केन्द्रित भएको छ”, उहाँले भन्नुभयो ।

आर्थिक सुचकांकमा सुधार देखिएको, रासायनिक मल समयमै ल्याउने गरी टेण्डर भएको उहाँले बताउनुभयो ।