२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री नै वार्ता गर्न शान्ति बाटिका आउनु पर्ने मिटरब्याज पीडितको अडान



file
अ+ अ-

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडितहरुले आफूहरूसँग वार्ता गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ शान्तिबाटिकामा आउनुपर्ने माग गरेका छन् ।

मिटरब्याज पीडितसँग छलफल गर्न गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत शान्तिबाटिका पुग्नुभएको थियो । उहाँले समस्या समाधानका लागि आयोग गठन भइसकेको भन्दै थप छलफल गर्न मन्त्रालयमा आउन आग्रह गर्नुभएको थियो ।

तर जवाफमा मिटरब्याज पीडितहले आफूहरूले साहुसँग गरेका सबै तमसुक अवैध घोषणा गरे मात्रै छलफलमा बस्ने अडान लिएका छन् । साथै उनीहरुले वार्ताका लागि मन्त्री शान्ति बाटिकामा आउनु पर्ने बताए ।

यही चैत १८ गते सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गरेको थियो । उक्त सहमति अनुसार सरकारले आयोग गठन गरेको छ । तर त्यो सहमतिलाई अपुरो भन्दै मिटरब्याज पीडितको अर्को समूहले आएर काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।