• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन : रघुजी पन्त



काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उहाँले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार, दिशाहीनता र अन्योल हो भन्दै आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा नभएको बताउनुभयो ।

सरकारले १०० दिनको उपलब्धी भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको उहाँको भनाइ थियो । उहाँले ३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन भन्दै भन्नुभयो, “यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्, न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेख छ ।”

सरकारले १०० दिन पूरा गरिसक्दा पनि मन्त्रिपरिषदले अहिलेसम्म पूर्णता पाउन नसकेको भन्दै नेता पन्तले अहिलेसम्मको उपलब्धी सिद्धान्तहीन र नीतिहीन भएको उल्लेख गर्नुभयो । एक सय दिनमा पनि मन्त्रिपरिषद् बनाउन नसक्ने वर्तमान सरकारले कुनै निकास दिन नसकेको उहाँको टिप्पणी थियो ।