२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलमा शवको बाकससमेत फुटाउन थालियो– सांसद हरि ढकाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले त्रिभुवन विमानस्थलमा भ्रष्टाचार गर्न विदेशबाट आएको शवको बाकससमेत खोलेर हेर्न थालिएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले भ्रष्टाचारले जरो गाडेपछि समाज कता जाँदैछ भनी प्रश्न गर्नुभयो । “विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ, केही सामान छ कि भनेर लुट्न । हामीले ब्याग फुटेको त सुनेका थियौँ । तर, समय के बन्दैछ रु कहाँ जाँदैछ रु शवका बाक्सा फुटाइएको छ । गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्न । कारण भ्रष्टाचारको संस्थागत यसरी जरोसम्म पुगेको छ कि शव बोकेका बाक्सासमेत फोड्ने”, उहाँले भन्नुभयो ।

गरिब चेपाङ बच्चाको दिवा खाजामा समेत भ्रष्टाचार भएको उहाँको भनाइ थियो ।