२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादीको नियमापत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) ले नियमापत्ति गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले संसद्को आकस्मिक समयमा नेता शाहीको अभिव्यक्तिप्रति नियमापत्ति जनाउनुभएको हो ।

शाहीले संघीयता र प्रदेश देश ठूलो भएको अवस्थामा मात्रै चाहिने उल्लेख गर्दै भन्नुभएको थियो, “आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन ।”

उहाँले देशको बढ्दो ऋण र युवा पलायनको विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

शाहीको अभिव्यक्ति संसद्को आकस्मिक समयसँग मेल नखाएको भन्दै माओवादी केन्द्रका सांसद पाण्डले नियमापत्ति गरेपछि संसद्को आकस्मिक समयमा यसअघि बसेको प्रतिनिधिसभा बैठकपछि अहिलेसम्म भएगरेका गतिविधि राख्नको लागि आजैबाट लागू गरिएको छ ।