६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादीको नियमापत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) ले नियमापत्ति गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले संसद्को आकस्मिक समयमा नेता शाहीको अभिव्यक्तिप्रति नियमापत्ति जनाउनुभएको हो ।

शाहीले संघीयता र प्रदेश देश ठूलो भएको अवस्थामा मात्रै चाहिने उल्लेख गर्दै भन्नुभएको थियो, “आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन ।”

उहाँले देशको बढ्दो ऋण र युवा पलायनको विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

शाहीको अभिव्यक्ति संसद्को आकस्मिक समयसँग मेल नखाएको भन्दै माओवादी केन्द्रका सांसद पाण्डले नियमापत्ति गरेपछि संसद्को आकस्मिक समयमा यसअघि बसेको प्रतिनिधिसभा बैठकपछि अहिलेसम्म भएगरेका गतिविधि राख्नको लागि आजैबाट लागू गरिएको छ ।