९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवलाई भोट माग्दै माधव नेपालले भने– संसद र देशलाई उहाँको खाँचो छ



अ+ अ-

बारा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा उपेन्द्र यादवको आवश्यकता अपरिहार्य रहेको बताएका छन् ।

१० वैशाखमा हुने उपनिर्वाचनमा बारा– २बाट उठेका यादवका लागि मत माग्दै अध्यक्ष नेपालले सिंगो देश र संसदलाई उनको खाचो रहेको बताए।

अध्यक्ष नेपालले भने, ‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन सिंगो बाराबासीलाई आग्रह गर्दछु’ ।

अध्यक्ष नेपालले बारा–२ मा यादवको जित सुनिश्चित रहेको दाबि गरे । उनले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न संसदमा यादवको उपस्थिति अपरिहार्य रहेको बताए ।