• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधबार मात्रै नयाँ रेकर्ड कायम गरेको सुन आज प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो उक्त सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थिायो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।