२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौं । बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधबार मात्रै नयाँ रेकर्ड कायम गरेको सुन आज प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो उक्त सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थिायो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।