२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचन: विद्यार्थी संगठनबीच चैत्र ३० गते स्थगित क्याम्पसहरूमा एकैसाथ चुनाव गर्ने सहमति



अ+ अ-

काठमाडौं । चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका क्याम्पसहरूमा चैत ३० गते एकैसाथ हुने भएको छ । संयुक्त विद्यार्थी संगठहरुबीच चैत ३० मा स्थगित क्याम्पसहरूमा एकैसाथ निर्वाचन गर्ने सहमति भएको हो ।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी विज्ञप्तिमा निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने हस्ताक्षरसहितको समझदारी भएको छ ।

विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा विद्यार्थी भर्ना विवादले रोकिएका क्याम्पसहरूमा विवादित विषयमाथि छानबिन गरी प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

 




भर्खरै