३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवा प्रवर्धनका लागि बैङ्क र महानगरबिच समझदारी पत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौँ । स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआईसी बैङ्क बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महानगरका वडा नं. ५, ७, ८, १५ र २६ गरी ५ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, हरेकमा ४ जना जनशक्ति नियुक्त हुनेछन् । यसरी नियुक्त हुने स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब बैङ्कले व्यहार्ने गरी समझदारी भएको हो । उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको समझदारीमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले र बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनराज न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

केन्द्रमा महानगरले आठौँ तहको मेडिकल अफिसर, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट, कम्प्युटर अपरेटर र कार्यालय सहयोगी नियुक्त गर्नेछ । उनीहरुले प्राप्त गर्ने तलब नेपाल सरकारको प्रचलित स्केलबमोजिमको हुनेछ ।

सहमति पत्रका विषयमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले सहयोग गर्ने भएकोले सहकार्य गरिएको बताउनुभयो । त्यस क्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले, महानगरका सहरी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा रुपान्तरण गर्न सहकार्य थालिएको बताउनुभयो ।

सहरी स्वास्थ्य क्लिनिकलाई प्रवर्धन केन्द्रमा रुपान्तरणसँगै स्वास्थ्य वीमा कार्यक्रम सञ्चालनमा आउने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलको भनाइ छ ।
बैङ्कसँगको सहकार्यमा सञ्चालन हुने केन्द्रहरु बैशाख ७ गतेभित्र सञ्चालनमा ल्याइसक्ने बाँकी क्लिनिकहरुलाई चालु आर्थिक बर्षको अन्त्यसम्ममा सञ्चालन गरिसक्ने विभागको योजना छ ।