५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचर्ड थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

रक्षा मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताउनुभएको थियो ।

उहाँले नेपाली सेनाको पूर्वाधार विकासलगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पुर्‍याएको उल्लेख गर्दै नेपाल र अमेरिकाबीच ‘चौथो ल्याण्ड फोर्सेज टक्स’ सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि नेतृत्वदायी पदमा उचित हिस्सा प्राप्त हुन नसकेको भन्दै उहाँले अमेरिकी सरकारको तर्फबाट यस विषयमा सहयोग एवं लबिङका लागि अनुरोध गर्नुभएको थियो । साथै उहाँले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि अमेरिकी सरकारको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो ।

सो अवसरमा राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच ‘चौथो ल्याण्ड फोर्सेज टक्स’ सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै यसमा सहमति भएबमोजिम नेपाललाई हवाई साधनलगायतका उपकरण उपलब्ध गराउन प्रयत्न गर्ने उल्लेख गर्नुभयो ।

साथै उहाँले नेपाली सेना एवं रक्षा मन्त्रालयको क्षमता विकासमा थप सहयोग उपलब्ध गराउन इच्छुक रहेको धारणा व्यक्त गर्दै विश्व शान्ति स्थापनामा शान्ति सेनाको माध्यमबाट नेपालले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधिका साथै अमेरिकी दूतावासका रक्षा सहचारी एवं अन्य कर्मचारीको समेत उपस्थिति थियो । रासस