२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध भियतनामको सहज जित



अ+ अ-

काठमाडौं । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले भियतनामसँग हार ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा भियतनामले नेपाललाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् भने फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल गरे । नेपालका सावित्रा भण्डारीले एक गोल फर्काईन् ।

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए ।

छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । नेपालले दोस्रो खेलमा भियतनामसँगै शनिबार प्रतिस्पर्धा गर्नेछ ।