२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनामविरुद्ध नेपालको सुरुआती–११ सार्वजनिक



अ+ अ-

काठमाडौं । पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले आज मङ्गलबार भियतनामसँग खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक अनन्त राज थापाले एन्जिला सुब्बाको कप्तानीमा भियतनामविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक गरेका छन् ।

ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल र भियतनाम समूह ‘सी’ मा परेको छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए । छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

भियतनामविरुद्ध नेपालको सुरुआती–११

एन्जिला सुब्बा,विमला बिक, समिक्षा घिमिरे,अमृता जैशी, हिरा कुमारी भुजेल, सरु लिम्बु, सावित्रा भण्डारी,रश्मी कुमारी घिसिङ, दिपा शाही, अनिता केसी,अमिशा कार्की