२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट खेल्ने ८ टोलीको टुङ्गो लाग्यो, युएईले आजको खेल जिते छनोट खेल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आगमी जुन जुलाईमा हुन एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्ये ८ टोलीको टुङ्गो लागेको छ । विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड र अमेरिकाले स्थान पक्का गरिसकेका छन् ।

सुपर लिगको पुछारमा रहँदै श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स विश्वकप छनोटमा पुगेका हुन् । अव सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक टोली छनोटमा आउछन् । यस्तै, लिग २ बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

यसैगरी, क्वालिफायर प्लेअफबाट अमेरिकाले ५ खेलमा ४मा जितसहित ८ अंकको साथ शिर्ष स्थानमा रहदै विश्वकप छनोटमा स्थान बनाईसकेको छ । अब, यूएई, नामेबिया र क्यानडा मध्ये एक टोलि विश्वकप छनोटमा पुग्नेछन् । आज यूएई र जर्सी, र क्यानडा र पिएनजी खेल्दैछन् ।

नामेबिया ५ खेलमा ३मा जित र २ मा हारगरी ६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, यूएइले ४ खेलमा ३ मा जित र एक हारसहित ६ अंक जोडेको छ । यूएईले आज निर्णायक खेल जर्सीसँग खेल्दैछ । आजको खेल जितेमा यूएई पनि छनोटमा पुग्नेछ । क्यानडाले ४ खेलमा २ जित र २ हार गरी ४ अंक जोडेको छ । पिएनजीले भने चार खेलमा चारै ओटा हार बेहोरेको छ ।

सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई गरि कुल १० टोलीले छनोट खेल्नेछन् ।

विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

सुपर लिगमा नेदरल्यान्ड्ससहित १२ टेस्ट टोलीले प्रतिस्पर्धा गरेका थिए । सुपर लिगमा शीर्ष सातमा रहँदै भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान र अफगानिस्तान विश्वकपमा पुगेका छन् ।

नोट: यसअघि यूएईले विश्वकप छनोट खेल्ने भनिएकोमा सच्चाइर्एको छ ।