• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   मल्लकालीन तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माण थालियो ★   ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन ★   उपत्यकाका स्थानीय तह प्रमुख तथा उपप्रमुखसँग राष्ट्रपति भेट, के भयो कुरा ? ★   असन्तुष्टि चुलिँदै गएपछि पार्टी विभाजन गर्नुपर्ने अवस्था आयोः अशोककुमार राई ★   आगोले जलेर आमाछोराको मृत्यु ★   जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता ★   ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता ★   अहिले हाहा, हुहु गरेको भरमा पनि मन्त्री भएका छन्ः ओली ★   आर्थिक समृद्धिका लागि सरकारको पहल सकारात्मकः पूर्वअर्थमन्त्री पौडेल ★   श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

विश्वकप छनोट खेल्ने ८ टोलीको टुङ्गो लाग्यो, युएईले आजको खेल जिते छनोट खेल्ने



फाईल फोटो

काठमाडौँ । आगमी जुन जुलाईमा हुन एकदिवसीय विश्वकप छनोट खेल्ने १० मध्ये ८ टोलीको टुङ्गो लागेको छ । विश्वकप छनोटमा श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड र अमेरिकाले स्थान पक्का गरिसकेका छन् ।

सुपर लिगको पुछारमा रहँदै श्रीलंका, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स विश्वकप छनोटमा पुगेका हुन् । अव सुपर लिगबाट आयरल्यान्ड र दक्षिण अफ्रिका मध्ये एक टोली छनोटमा आउछन् । यस्तै, लिग २ बाट स्कटल्यान्ड शीर्ष, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

यसैगरी, क्वालिफायर प्लेअफबाट अमेरिकाले ५ खेलमा ४मा जितसहित ८ अंकको साथ शिर्ष स्थानमा रहदै विश्वकप छनोटमा स्थान बनाईसकेको छ । अब, यूएई, नामेबिया र क्यानडा मध्ये एक टोलि विश्वकप छनोटमा पुग्नेछन् । आज यूएई र जर्सी, र क्यानडा र पिएनजी खेल्दैछन् ।

नामेबिया ५ खेलमा ३मा जित र २ मा हारगरी ६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, यूएइले ४ खेलमा ३ मा जित र एक हारसहित ६ अंक जोडेको छ । यूएईले आज निर्णायक खेल जर्सीसँग खेल्दैछ । आजको खेल जितेमा यूएई पनि छनोटमा पुग्नेछ । क्यानडाले ४ खेलमा २ जित र २ हार गरी ४ अंक जोडेको छ । पिएनजीले भने चार खेलमा चारै ओटा हार बेहोरेको छ ।

सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन र क्वालिफायर प्लेअफबाट शीर्ष दुई गरि कुल १० टोलीले छनोट खेल्नेछन् ।

विश्वकप छनोटमा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

सुपर लिगमा नेदरल्यान्ड्ससहित १२ टेस्ट टोलीले प्रतिस्पर्धा गरेका थिए । सुपर लिगमा शीर्ष सातमा रहँदै भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान र अफगानिस्तान विश्वकपमा पुगेका छन् ।

नोट: यसअघि यूएईले विश्वकप छनोट खेल्ने भनिएकोमा सच्चाइर्एको छ ।