२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्च ब्वाइजका प्रशिक्षक हुमागाईंद्वारा क्लब छाडेको घोषणा



अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले क्लब छाडेका छन् ।

नेपाली राष्ट्रिय टिमको प्रशिक्षकको समेत जिम्मेवारी सम्हाल्ने मौका पाएका हुमागाईंले नेपालमा काम गर्न वर्क परमिट (श्रम स्वीकृति) नपाएपछि क्लब छाडेका हुन् ।

नेपाली मुलका अमेरिकन नागरिक रहेका हुमागाईंले लिगको छैटौं चरणसम्म आइपुग्दा पनि वर्क परमिट (श्रम स्वीकृति) बिना नै क्लबसँग काम गरिरहेका थिए ।

लिगअघिको प्रि म्याच कन्फ्रेन्समा उपस्थित भएका उनी लिगको दौरानमा भने पोष्ट म्याच कन्फ्रेन्समा उपस्थित भएका थिएनन् ।
मोफसलका गोल्डकपमा भने उनले क्लबसँग काम गरेका थिए । चर्च ब्वाइजले जीतपुर सिमरा गोल्डकपको उपाधि जित्दा उनी उत्कृष्ट प्रशिक्षकसमेत घोषित भएका थिए ।

हुमागाईंले बुधबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेखेर क्लब छाडेको जनाएका छन् । उनले खेलकुद शारिरिक, मानशिक क्षमताको प्रदर्शन मात्र नभई अनुशासन, निति र नियमको पालना पनि रहेको बताएका छन् ।

हुमागाईंले फेसबुकमा लेखेका छन्, ‘खेलकुद शारिरिक, मानशिक क्षमताको प्रदर्शन मात्र हैन, अनुशासन, निति र नियमको पालना पनि हो । नेपाली फुटबल खेल प्रतिको अगाध माया र यसको सुदृढिकरणप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले केहि समयदेखि जन्मभूमि मै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिए, तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृति (वर्क परमिट) लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लब छोडेको जानकारी गराउन चाहन्छु । क्लब, खेलाडी र फुटबलसँग नेपाली खेल मैदानमा सँगै जोडिन नपाउँदा खल्लो अनुभूति भएपनि मेरो मन, मस्तिष्क र हृदय भरि नेपाली फुटबलको उज्जवल भविश्य र सफलता सधैँ रहिरहेको र रहिरहनेछ । जय नेपाली फुटबल ।’

छैटौं चरणसम्म आइपुग्दा ६ खेलमा अपराजित रहेको चर्च ब्वाइज तीन जीत र तीन बराबरीका साथ १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।