४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चर्च ब्वाइजका प्रशिक्षक हुमागाईंद्वारा क्लब छाडेको घोषणा

चर्च ब्वाइजका प्रशिक्षक हुमागाईंद्वारा क्लब छाडेको घोषणा
अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग क्लब चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले क्लब छाडेका छन् ।

नेपाली राष्ट्रिय टिमको प्रशिक्षकको समेत जिम्मेवारी सम्हाल्ने मौका पाएका हुमागाईंले नेपालमा काम गर्न वर्क परमिट (श्रम स्वीकृति) नपाएपछि क्लब छाडेका हुन् ।

नेपाली मुलका अमेरिकन नागरिक रहेका हुमागाईंले लिगको छैटौं चरणसम्म आइपुग्दा पनि वर्क परमिट (श्रम स्वीकृति) बिना नै क्लबसँग काम गरिरहेका थिए ।

लिगअघिको प्रि म्याच कन्फ्रेन्समा उपस्थित भएका उनी लिगको दौरानमा भने पोष्ट म्याच कन्फ्रेन्समा उपस्थित भएका थिएनन् ।
मोफसलका गोल्डकपमा भने उनले क्लबसँग काम गरेका थिए । चर्च ब्वाइजले जीतपुर सिमरा गोल्डकपको उपाधि जित्दा उनी उत्कृष्ट प्रशिक्षकसमेत घोषित भएका थिए ।

हुमागाईंले बुधबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेखेर क्लब छाडेको जनाएका छन् । उनले खेलकुद शारिरिक, मानशिक क्षमताको प्रदर्शन मात्र नभई अनुशासन, निति र नियमको पालना पनि रहेको बताएका छन् ।

हुमागाईंले फेसबुकमा लेखेका छन्, ‘खेलकुद शारिरिक, मानशिक क्षमताको प्रदर्शन मात्र हैन, अनुशासन, निति र नियमको पालना पनि हो । नेपाली फुटबल खेल प्रतिको अगाध माया र यसको सुदृढिकरणप्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले केहि समयदेखि जन्मभूमि मै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिए, तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृति (वर्क परमिट) लिनु पर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लब छोडेको जानकारी गराउन चाहन्छु । क्लब, खेलाडी र फुटबलसँग नेपाली खेल मैदानमा सँगै जोडिन नपाउँदा खल्लो अनुभूति भएपनि मेरो मन, मस्तिष्क र हृदय भरि नेपाली फुटबलको उज्जवल भविश्य र सफलता सधैँ रहिरहेको र रहिरहनेछ । जय नेपाली फुटबल ।’

छैटौं चरणसम्म आइपुग्दा ६ खेलमा अपराजित रहेको चर्च ब्वाइज तीन जीत र तीन बराबरीका साथ १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।