४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आईपीएल: गुजरातको लगातार दोस्रो जित, दिल्ली ६ विकेटले पराजित

आईपीएल: गुजरातको लगातार दोस्रो जित, दिल्ली ६ विकेटले पराजित
अ+ अ-

एजेन्सी । साविक विजेता गुजरातले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्समाथि लगातार दोस्रो जित दर्ता गरेको छ । १६ औं सिजनको सातौं खेलमा गुजरातले दिल्लीलाई ६ विकेटले पराजित गरेको हो ।

यो सिजन गुजराजको लगातार दोस्रो जित हो । टोलीले लक्ष्य पछ्याएको ११ खेलमध्ये १० जितेको छ । दिल्लीले आफ्नो घरेलु मैदान अरुण जेटली मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो । गुजरातका ब्याट्सम्यानले १८.१ ओभरमा ४ विकेट गुमाएर १६३ रनको लक्ष्य पुरा गरे ।

साविक विजेता गुजरातले टस जितेर आयोजकलाई ब्याटिङको निम्तो दिए पनि घरेलु मैदानमा दिल्लीले राम्रो सुरुवात गर्न सकेन । २९ रनको टिम स्कोरमा ओपनर पृथ्वी शा ७ रन बनाएर पेभिलियन फर्किए । उनलाई मोहम्मद शामीले आउट गरेका थिए । त्यसपछि शमीले मिचेल मार्सलाई दोहोरो अंक पार गर्न दिएनन् । अल्जारी जोसेफले कप्तान वार्नर (३७ रन) लाई बोल्ड गरेपछि दिल्ली समस्यामा पर्यो ।

यस्तो अवस्थामा सर्फराज खान (३० रन)ले विकेटकिपर अभिषेक पोरेल (२० रन)सँग दबाबपूर्ण इनिङ्स खेले । अन्तिम ओभरमा अक्षर पटेल (३६ रन)ले तीन छक्का प्रहार गर्दै टोलीको स्कोर १५० रनमा पुर्याए ।

गुजरातका लागि मोहम्मद सामी र राशिद खानले ३–३ तथा अल्जारी जोसेफले २ विकेट लिए ।

जवाफमा गुजरातका ओपनरहरूले मात्र २२ रन जोडेका थिए जब सिजनको आफ्नो पहिलो खेल खेल्दै आएका एनरिक नोर्त्याले आफ्नो पहिलो बलमा ऋद्धिमान शाहालाई बोल्ड गरे । उनले आफ्नो स्पेलको दोस्रो ओभरको पहिलो बलमा शुभमन गिललाई बोल्ड गरेर गुजरातलाई समस्यामा पारे ।

कप्तान हार्दिक पाण्ड्याले पनि खासै रन जोड्न सकेनन् । पावर प्लेमा टोलीले ५४ रनमा तीन विकेट गुमाएको थियो । यस्तो अवस्थामा तेस्रो नम्बरमा रहेका साई सुदर्शनले विजय शंकर र डेभिड मिलरसँग अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जित दिलाए । दिल्लीका एनरिच नोर्त्याले दुई, खालिद अहमद र मिचेल मार्सले एक–एक विकेट लिए ।