• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’ ★   विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, १२ जना घाइते ★   सीता एयरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते ★   कैलाश सिरोहियामाथिको आरोप निराधार र त्रुटीपूर्ण छन्: विमलेन्द्र निधी ★   यस्तो देश जहाँ गाइको डकार र भेँडाको पिसाबमा कर तिर्नुपर्छ ★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना

उपनिर्वाचनमा गठबन्धनका आधिकारिक उम्मेदवारलाई जिताउन सत्तारुढ ५ दलको निर्देशन



फाईल फोटो

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन पाँच दलले संयुक्त अपिल गरेका छन् ।

पाँच दलका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार रहेकालाई जिताउन आग्रह गरेका हुन् । सत्ता गठबन्धनको तर्फबाट तनहुँ १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा २ मा जनता समाजवादी पार्टी उपेन्द्र यादव उम्मेदवार रहेको शीर्ष नेताहरुले प्रस्ट पारेका छन् ।

संयुक्त विज्ञप्तिमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त अपिल गरेका छन् ।

‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था/संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उप–निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ–आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।’ संयुक्त जारी वक्तव्यमा भनिएको छ ।