२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः गुजरातलाई दिल्लीको निम्तो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज सातौं खेलमा गुजरात टाइटन्सले अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ७ः४५ बजेबाट दिल्लीस्थित अरुण जेटली स्टेडियममा सुरु हुनेछ । पहिलो खेल हारेपछि दिल्लीको ध्यान यो सिजन पुनरागमनमा केन्द्रित हुनेछ । यस्तै, सिजनको पहिलो जितपछि गुजरातको मनोबल उच्च रहेको छ । दुवै टोली लिगको इतिहासमा दोस्रो पटक आमनेसामने हुँदैछन् ।

केन विलियम्सन घुँडाको गम्भीर चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । यसका बाबजुद पनि गुजरातका लागि यसले खासै फरक पर्दैन किनकि आजको खेलमा दक्षिण अफ्रिकाका डेभिड मिलर उपलब्ध हुनेछन् । लुंगी एनगिडी र एनरिक नोर्ट्या पनि दिल्ली क्याम्पमा सामेल भएका छन् ।

साविक विजेता गुजरातले जितसँगै सिजनको सुरुवात गरेको छ । घरेलु मैदानमा भएको पहिलो खेलमा उसले चेन्नईलाई ५ विकेटले पराजित गरेको थियो । शुभमन गिल र राशिद खानले राम्रो प्रदर्शन गरेका थिए । डीसी विरुद्धको टोलीमा चार विदेशी जोस लिटल, डेभिड मिलर, राशिद खान र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक हार्दिक पाण्ड्या, शुभमन गिल, यश दयाल र मोहम्मद शामी जस्ता शीर्ष श्रेणीका भारतीय खेलाडीहरूले पनि टोलीलाई बलियो बनाउँदैछन् ।

प्रतियोगितामा दिल्ली क्यापिटल्सले सुरुवात राम्रो गरेन । टोलीले आफ्नो पहिलो खेल लखनउसँग ५० रनले हारेको थियो । टोली त्यो हार बिर्सेर यो खेलमा ध्यान केन्द्रित गर्न चाहन्छ ।

गुजरात विरुद्ध, टोलीका चार विदेशी खेलाडी डेभिड वार्नर, मिचेल मार्स, एनरिच नोर्ट्या र रोभम्यान पावेल हुन सक्छन् । यी बाहेक पृथ्वी शा, चेतन साकारिया र अक्षर पटेल जस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सको यो दोस्रो सिजन मात्र हो । पहिलो सिजनमा टोलीले सबैलाई चकित पार्दै उपाधि जितेको थियो । दुवै टोली लिग चरणमा एकपटक मात्र भिडेका थिए । उक्त खेल गुजरातले जितेको थियो ।