• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

आईपीएल आजः गुजरातलाई दिल्लीको निम्तो



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज सातौं खेलमा गुजरात टाइटन्सले अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ७ः४५ बजेबाट दिल्लीस्थित अरुण जेटली स्टेडियममा सुरु हुनेछ । पहिलो खेल हारेपछि दिल्लीको ध्यान यो सिजन पुनरागमनमा केन्द्रित हुनेछ । यस्तै, सिजनको पहिलो जितपछि गुजरातको मनोबल उच्च रहेको छ । दुवै टोली लिगको इतिहासमा दोस्रो पटक आमनेसामने हुँदैछन् ।

केन विलियम्सन घुँडाको गम्भीर चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । यसका बाबजुद पनि गुजरातका लागि यसले खासै फरक पर्दैन किनकि आजको खेलमा दक्षिण अफ्रिकाका डेभिड मिलर उपलब्ध हुनेछन् । लुंगी एनगिडी र एनरिक नोर्ट्या पनि दिल्ली क्याम्पमा सामेल भएका छन् ।

साविक विजेता गुजरातले जितसँगै सिजनको सुरुवात गरेको छ । घरेलु मैदानमा भएको पहिलो खेलमा उसले चेन्नईलाई ५ विकेटले पराजित गरेको थियो । शुभमन गिल र राशिद खानले राम्रो प्रदर्शन गरेका थिए । डीसी विरुद्धको टोलीमा चार विदेशी जोस लिटल, डेभिड मिलर, राशिद खान र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक हार्दिक पाण्ड्या, शुभमन गिल, यश दयाल र मोहम्मद शामी जस्ता शीर्ष श्रेणीका भारतीय खेलाडीहरूले पनि टोलीलाई बलियो बनाउँदैछन् ।

प्रतियोगितामा दिल्ली क्यापिटल्सले सुरुवात राम्रो गरेन । टोलीले आफ्नो पहिलो खेल लखनउसँग ५० रनले हारेको थियो । टोली त्यो हार बिर्सेर यो खेलमा ध्यान केन्द्रित गर्न चाहन्छ ।

गुजरात विरुद्ध, टोलीका चार विदेशी खेलाडी डेभिड वार्नर, मिचेल मार्स, एनरिच नोर्ट्या र रोभम्यान पावेल हुन सक्छन् । यी बाहेक पृथ्वी शा, चेतन साकारिया र अक्षर पटेल जस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सको यो दोस्रो सिजन मात्र हो । पहिलो सिजनमा टोलीले सबैलाई चकित पार्दै उपाधि जितेको थियो । दुवै टोली लिग चरणमा एकपटक मात्र भिडेका थिए । उक्त खेल गुजरातले जितेको थियो ।