![](https://newspolar.com/wp-content/uploads/2022/07/ganesh-timlisana.png)
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुलाई सदनमा रहँदा मोबाइल स्वीच अफ गर्न आग्रह गर्नुभएको छ ।
मंगलबार राष्ट्रियसभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाह गरिमाले बोल्दै गर्दा कुनै एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले मोबाइल स्वीच अफ गर्न आग्रह गर्नुभएको हो ।