२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकास्थित बङाबजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी



अ+ अ-

काठमाडौं । बङ्गलादेशको राजधानी ढाकास्थित बङाबजारमा भीषण आगलागी भएको छ। लत्ताकपडा बजारको रूपमा परिचित बङाबजारमा मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ ।

अग्नि रक्षकका ७४ टुकडीले आगो नियन्त्रणमा लिने प्रयास गरेकोमा पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको बङ्गलादेशका मिडियाहरूले उल्लेख गरेका छन् ।

आगलागीको कारण अहिलेसम्म पत्ता लागेको छैन। आगो तीव्ररुपमा फैलिएकाले मानिसको हताहती भए/नभएको पनि यकीन छैन ।