५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

सोमवार ललितपुरमा एक कार्यक्रम आयोजना गरी चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

श्रेष्ठको प्यानलबाट जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फको उम्मेदवार भरतराज आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हीतमा काम गर्ने बताउनु भयो ।

उहाँले आर्थिक काँचुली फेर्नका लागि नि:स्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले उद्योग वाणिज्य महासंघमा फोटो खिच्न नभएर उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि जान लागेको स्पष्ट पार्नुभयो । उम्मेद्वार श्रेष्ठले बिना शर्त व्यवसायीका समस्या समाधान गर्न लागि पर्ने बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष नै महासंघको स्वत: अध्यक्ष बन्ने भएकाले वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा हुने भएको छ । महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका मुख्य तीन प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानल सार्वजनिक सरिसकेका छन् । चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष बन्नुहुनेछ ।




भर्खरै