२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासमा आजः आजकै दिन भएको थियो पहिलोपटक फोनमा संवाद



अ+ अ-

एजेन्सी । ३ अप्रिल १९७३, न्यूयोर्क शहर, संयुक्त राज्य अमेरिका । मोटोरोला कम्पनीका कर्मचारी मार्टिन कुपर १ किलो तौलको ताररहित उपकरण बोकेर सडकमा उभिरहेका थिए ।

उनले यसलाई कानमा राखे र न्यू जर्सीमा रहेको बेल ल्याब्सको मुख्यालयमा आफ्ना प्रतिद्वन्द्वी इन्जिनियर जोएल एङ्गेललाई कल गरे । यो यन्त्र एक मोबाइल फोन थियो, जसबाट संसारको पहिलो कल गरिएको थियो ।

यो घटनाको आज ठ्याक्कै ५० वर्ष पूरा भएको छ । अहिले मोबाइल सबैको हातको आवश्यकता बनेको छ ।

कारफोनबाट पत्ता लाग्यो मोबाइलबारे
सन् १९४७ । नोकियाको एक अमेरिकन कम्पनी बेल ल्याब्सले टेलिफोन तारबाट छुटकारा दिलाउन अनौठो प्रयोग गरे । उनीहरुले कारमा एक ३६ किलोको एक डिभाइस लगाए, जुन गुडिरहेको कारमा टेलिफोन टावर्सको प्रयोग गरेर संवाद गरिन सकिन्थ्यो ।

धनी व्यापारीहरुमा यस कार फोनको प्रयोग वृद्धि भयो । यसमा एक समस्या थियो । यो कारफोनबाट कुरा गर्नका लागि लाइन क्लियर हुन धेरै समय कुर्नुपथ्र्यो । यसका अलावा यो धेरै वजनको हुन्थ्यो । यस कारफोनबाट सफलता नमिले पनि यसबाटै मोबाइल फोनको जन्म भयो ।

कारफोनको कन्सेप्टमा मोटोरोला कम्पनीका मार्टिन कुपर र उनको टिमले नोभेम्बर १९७२ मा एक सानो फोन बनाउन थाले । ३ महिनापछि एक प्रोटोटाइप तयार भयो । जसको नाम डिनाटाक ८००एक्सआई थियो । जुन १।१ किलो र बिनातारको रहेको थियो ।