२८ भाद्र २०८३, आईतवार
,
Latest
बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासमा आजः आजकै दिन भएको थियो पहिलोपटक फोनमा संवाद



अ+ अ-

एजेन्सी । ३ अप्रिल १९७३, न्यूयोर्क शहर, संयुक्त राज्य अमेरिका । मोटोरोला कम्पनीका कर्मचारी मार्टिन कुपर १ किलो तौलको ताररहित उपकरण बोकेर सडकमा उभिरहेका थिए ।

उनले यसलाई कानमा राखे र न्यू जर्सीमा रहेको बेल ल्याब्सको मुख्यालयमा आफ्ना प्रतिद्वन्द्वी इन्जिनियर जोएल एङ्गेललाई कल गरे । यो यन्त्र एक मोबाइल फोन थियो, जसबाट संसारको पहिलो कल गरिएको थियो ।

यो घटनाको आज ठ्याक्कै ५० वर्ष पूरा भएको छ । अहिले मोबाइल सबैको हातको आवश्यकता बनेको छ ।

कारफोनबाट पत्ता लाग्यो मोबाइलबारे
सन् १९४७ । नोकियाको एक अमेरिकन कम्पनी बेल ल्याब्सले टेलिफोन तारबाट छुटकारा दिलाउन अनौठो प्रयोग गरे । उनीहरुले कारमा एक ३६ किलोको एक डिभाइस लगाए, जुन गुडिरहेको कारमा टेलिफोन टावर्सको प्रयोग गरेर संवाद गरिन सकिन्थ्यो ।

धनी व्यापारीहरुमा यस कार फोनको प्रयोग वृद्धि भयो । यसमा एक समस्या थियो । यो कारफोनबाट कुरा गर्नका लागि लाइन क्लियर हुन धेरै समय कुर्नुपथ्र्यो । यसका अलावा यो धेरै वजनको हुन्थ्यो । यस कारफोनबाट सफलता नमिले पनि यसबाटै मोबाइल फोनको जन्म भयो ।

कारफोनको कन्सेप्टमा मोटोरोला कम्पनीका मार्टिन कुपर र उनको टिमले नोभेम्बर १९७२ मा एक सानो फोन बनाउन थाले । ३ महिनापछि एक प्रोटोटाइप तयार भयो । जसको नाम डिनाटाक ८००एक्सआई थियो । जुन १।१ किलो र बिनातारको रहेको थियो ।