४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आईपीएल आजः चेन्नईलाई लखनउको चुनौति

आईपीएल आजः चेन्नईलाई लखनउको चुनौति
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत छैटौं खेलमा आज सोमबार चेन्नई सुपर किंग्स (सीएसके)ले एमए चिदम्बरम स्टेडियममा लखनऊ सुपर जायन्ट्स (एलएसजी)को सामना गर्दैछ । खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

पहिलो खेल हारेपछि चेन्नई यस सिजनमा जितको खाता खोल्ने लक्ष्यमा छ । अर्कोतर्फ सिजनको पहिलो जितपछि लखनउको मनोबल उच्च रहेको छ ।

चेन्नई सुपर किंग्स
चेन्नईले ४ वर्षपछि आफ्नो घरेलु मैदानमा खेल्नेछ । टोलीले अन्तिम पटक सन् २०१९ मा मुम्बईसँग आईपीएल खेलेको थियो। त्यसपछि कोरोनाका कारण चेपौकमा प्रतिस्पर्धा भएन ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो । टोलीले प्रतियोगितामा मुम्बईपछि सबैभन्दा बढी ४ उपाधि जितेको छ । चेन्नई १३ मध्ये ११ सिजनमा प्लेअफमा पुगेको छ । यस्तै ९ पटक फाइनल खेलेको छ । यस सिजनको पहिलो खेलमा चेन्नई गुजरातसँग ५ विकेटले पराजित भएको थियो । टोली त्यो हार बिर्सेर यो खेलमा ध्यान केन्द्रित गर्न चाहन्छ ।

टोलीका ४ विदेशी खेलाडी आज डेभन कोनवे, बेन स्टोक्स, मोइन अली र मिचेल सान्टनर मैदानमा उत्रिन सक्छन् । महिश टेकशाना उपलब्ध छैनन् । यी बाहेक धोनी, ऋतुराज गायकवाड, रविन्द्र जडेजा, दीपक चाहर र शिवम दुबे जस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

लखनउ सुपर जायन्ट्स
लखनउले यस सिजनको सुरुवात जितसँगै गरेको छ । घरेलु मैदानमा भएको पहिलो खेलमा दिल्लीलाई ५० रनले पराजित गरेको थियो ।

सिएसकेविरुद्धको ४ विदेशी खेलाडीमा काइल मेयर्स, निकोलस पूरन, मार्कस स्टोइनिस र मार्क वुड हुन सक्छन् । क्विन्टन डी कक उपलब्ध छैनन् । यी बाहेक रवि बिश्नोई, केएल राहुल र दीपक हुड्डा जस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

केएल राहुलको कप्तानीमा रहेको लखनऊ सुपरजायन्ट्सको यो दोस्रो सिजन मात्र हो । पहिलो सिजनमा टोलीले क्वालिफायरमा पुगेर सबैलाई चकित बनाएको थियो । त्यसपछि लखनउ र चेन्नईको टोली लिग चरणमा एकपटक भिडेका थिए । उक्त खेल लखनउले जितेको थियो ।