२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः चेन्नईलाई लखनउको चुनौति



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत छैटौं खेलमा आज सोमबार चेन्नई सुपर किंग्स (सीएसके)ले एमए चिदम्बरम स्टेडियममा लखनऊ सुपर जायन्ट्स (एलएसजी)को सामना गर्दैछ । खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

पहिलो खेल हारेपछि चेन्नई यस सिजनमा जितको खाता खोल्ने लक्ष्यमा छ । अर्कोतर्फ सिजनको पहिलो जितपछि लखनउको मनोबल उच्च रहेको छ ।

चेन्नई सुपर किंग्स
चेन्नईले ४ वर्षपछि आफ्नो घरेलु मैदानमा खेल्नेछ । टोलीले अन्तिम पटक सन् २०१९ मा मुम्बईसँग आईपीएल खेलेको थियो। त्यसपछि कोरोनाका कारण चेपौकमा प्रतिस्पर्धा भएन ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई प्रतियोगिताको सबैभन्दा सफल टोली मध्ये एक हो । टोलीले प्रतियोगितामा मुम्बईपछि सबैभन्दा बढी ४ उपाधि जितेको छ । चेन्नई १३ मध्ये ११ सिजनमा प्लेअफमा पुगेको छ । यस्तै ९ पटक फाइनल खेलेको छ । यस सिजनको पहिलो खेलमा चेन्नई गुजरातसँग ५ विकेटले पराजित भएको थियो । टोली त्यो हार बिर्सेर यो खेलमा ध्यान केन्द्रित गर्न चाहन्छ ।

टोलीका ४ विदेशी खेलाडी आज डेभन कोनवे, बेन स्टोक्स, मोइन अली र मिचेल सान्टनर मैदानमा उत्रिन सक्छन् । महिश टेकशाना उपलब्ध छैनन् । यी बाहेक धोनी, ऋतुराज गायकवाड, रविन्द्र जडेजा, दीपक चाहर र शिवम दुबे जस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

लखनउ सुपर जायन्ट्स
लखनउले यस सिजनको सुरुवात जितसँगै गरेको छ । घरेलु मैदानमा भएको पहिलो खेलमा दिल्लीलाई ५० रनले पराजित गरेको थियो ।

सिएसकेविरुद्धको ४ विदेशी खेलाडीमा काइल मेयर्स, निकोलस पूरन, मार्कस स्टोइनिस र मार्क वुड हुन सक्छन् । क्विन्टन डी कक उपलब्ध छैनन् । यी बाहेक रवि बिश्नोई, केएल राहुल र दीपक हुड्डा जस्ता भारतीय खेलाडीले पनि टोलीलाई बलियो बनाइरहेका छन् ।

केएल राहुलको कप्तानीमा रहेको लखनऊ सुपरजायन्ट्सको यो दोस्रो सिजन मात्र हो । पहिलो सिजनमा टोलीले क्वालिफायरमा पुगेर सबैलाई चकित बनाएको थियो । त्यसपछि लखनउ र चेन्नईको टोली लिग चरणमा एकपटक भिडेका थिए । उक्त खेल लखनउले जितेको थियो ।