२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले पनि भारतमा विश्वकप नखेल्ने !



अ+ अ-

एजेन्सी । पाकिस्तान आइसिसी एकदिवसीय विश्वकप खेल्न भारत नजाने सम्भावना देखिएको छ । दुई देशबिचको आन्तरिक राजनीतिको कारण पाकिस्तानले भारतमा विश्वकप नखेल्ने सम्भावना रहेको छ । पाकिस्तानले विश्वकपका खेलहरु बंगलादेशमा खेल्न सक्ने बताईएको छ ।

यसअघि भारतले एसिया कप खेल्न पाकिस्तान नजाने औपचारिक घोषणा गरेको थियो । एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुँदैछ । भारतले एसिया कपका खेलहरु तटस्थ भूमि (नेचुरल भेन्यू) मा खेल्ने बताईएको छ ।

पाकिस्तानले पनि विश्वकप भारतमा नखेलेर बंगलादेशमा खेल्ने छलफल सुरु गरेको छ । पाकिस्तानले एसिया कपकै मोडलमा विश्वकप खेल्ने योजना बनाएको बताईएको छ । दुई साताअघि दुबईमा भएको आइसिसीको बोर्ड बैठकमा यस विषयमा छलफल भएको थियो ।

आइसिसीको बोर्ड बैठकमा पाकिस्तान र भारत दुबैले एकअर्काको देशमा नखेल्ने बताएका थिए । यहि बिषयमा केन्द्रित रहेर बैठकमा एसिया कप र विश्वकप एजेन्डाको रुपमा छलफल भएको थियो। बैठकमा विकल्पको रुपमा बंगलादेश प्रस्ताव गरिएको छ ।

भारत पाकिस्तानमा एसिया कप खेल्न नजादा २०२५ को च्याम्पियन्स ट्रफीमा असर पर्ने अनुमान गरिएको छ । पाकिस्तानले २०२५ फेब्रुअरीमा च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ ।

पाकिस्तानले २०१८ मा पनि एसिया कप आयोजनाको अधिकार पाएको थियो । तर, भारतको कारण एसिया कप युएईमा भएको थियो । एसिया कप खेल्न भारत पाकिस्तान नगएमा पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने उच्च सम्भावना छ ।