• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

प्रतिनिधि सभा नियमावली २०७९ पारित



काठमाडौँ । प्रतिनिधि सभा नियमावली २०७९ पारित भएको छ ।

आईतवार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको हो । विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ ।

यसअघि सत्ता पक्षका केही सांसदहरूले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रश्ताव राखेका थिए । सो संशोधन प्रश्तावको आलोचना भएपछि अन्तत: संशोधन फिर्ता भएको हो ।

कार्यव्यस्था परामर्श समितिलाई बढीभन्दा बढी शक्तिशाली बनाएर सभामुखको तजबिज अधिकार कटौती गर्नेगरी संशोधन राखिएको थियो । सांसदहरू राजन केसी, सञ्जय गौतम, रामहरि खतिवडा, अम्मरबहादुर थापा, भानुभक्त जोशी, रेखा यादव, रुपा सोसी चौधरी, नरायणी शर्मालगायतले संशोधन राख्नुभएको थियो ।

छलफलपछि उठेका प्रश्नहरूको जवाफ दिँदै नियमावाली मस्यौदाकार समितिको तर्फबाट सांसद रमेश लेखकले थप एक उपनियम थपेर परामर्श समितिको बैठक अधिवेशन चालु रहेका अवस्थामा नियमित रुपमा र अन्य समयमा आवश्यकताअनुसार बस्ने भनि थप गरिने जानकारी दिनुभयो ।