२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रखरी गल्फ प्रतियोगिता हुँदै, च्याम्पियनले सुनको बल पाउने



अ+ अ-

काठमाडौँ । वैशाख ९ गते आयोजना हुने एनसेल बाह्रखरी कर्पोरेट गल्फको च्याम्पियनले सुनको बल प्राप्त गर्ने भएको छ ।

बाह्रखरी मिडियाले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता वैशाख ९ गते हुने प्रतियोगिताको विजेताले सुनको गल्फ बल प्राप्त गर्ने जनाएको हो ।

गोकर्णस्थित गोकर्ण गल्फ क्लवको कोर्समा आयोजना हुने प्रतियोगितामा १ सय १० खेलाडीले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । गोकर्ण गल्फ क्लवका प्रबन्धक दीपक आचार्यले प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा खेलाइने जानकारी दिए । यस्तै होल इन वन गर्ने खेलाडीले हुन्डाईको भेन्यु गाडी पाउनेछन् । यस्तै प्रतियोगितामा सहभागि हुने मध्येका बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिजले समेत पुरस्कार पाउनेछन् ।

कार्यक्रममा बोल्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले छैटौं वर्षको प्रतियोगिता आयोजना गर्न लागिएको र सामाजिक दायित्व पूरा गर्न प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।