६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रखरी गल्फ प्रतियोगिता हुँदै, च्याम्पियनले सुनको बल पाउने



अ+ अ-

काठमाडौँ । वैशाख ९ गते आयोजना हुने एनसेल बाह्रखरी कर्पोरेट गल्फको च्याम्पियनले सुनको बल प्राप्त गर्ने भएको छ ।

बाह्रखरी मिडियाले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता वैशाख ९ गते हुने प्रतियोगिताको विजेताले सुनको गल्फ बल प्राप्त गर्ने जनाएको हो ।

गोकर्णस्थित गोकर्ण गल्फ क्लवको कोर्समा आयोजना हुने प्रतियोगितामा १ सय १० खेलाडीले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । गोकर्ण गल्फ क्लवका प्रबन्धक दीपक आचार्यले प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा खेलाइने जानकारी दिए । यस्तै होल इन वन गर्ने खेलाडीले हुन्डाईको भेन्यु गाडी पाउनेछन् । यस्तै प्रतियोगितामा सहभागि हुने मध्येका बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिजले समेत पुरस्कार पाउनेछन् ।

कार्यक्रममा बोल्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले छैटौं वर्षको प्रतियोगिता आयोजना गर्न लागिएको र सामाजिक दायित्व पूरा गर्न प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।